बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

मंगलबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, सोही परिमाणको तेजावी सुनको मूल्य ८९ हजार ८५० रुपैयाँ रहेकोमा आज ८९ हजार ४५० रुपैयाँ रहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । यो दिन चाँदी प्रतितोला एक हजार १६० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर