विदेशमा कारोबार सञ्चालन गरी देशभित्र विदेशी मुद्रा भित्र्याउने कम्पनीहरुलाई विदेशमा ऋण लिनका लागि नेपाली बैंकहरुले बैंक ग्यारेन्टी दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन–२०७६ संशोधन गर्दै ऋण लिनका लागि बैंक ग्यारेन्टी जारी गर्ने प्रावधानलाई खुकुलो बनाएको हो ।
यसअघि ऋण लिनका लागि बैंक ग्यारेन्टी जारी गर्न नपाउने व्यवस्था थियो । राष्ट्र बैंकले अधिकतम ५० लाख डलर वा सो बराबरको अन्य विदेशी मुद्रा बराबरसम्म बैंक ग्यारेन्टी दिन सक्ने प्रावधान खोलेको हो । तर यसका लागि ऋणीले पछिल्ला ५ आर्थिक वर्षभित्र बैंकिङ प्रणालीबाट आम्दानी गरेको कुल विदेशी मुद्राभन्दा बढी नहुने र विदेशमा लिइने ऋणभन्दा बढी नहुने प्रावधान राखेको छ ।
बैंक ग्यारेन्टी जारी गर्नुभन्दा अघि बैंकहरुले विदेशमा ऋण लिनुपर्ने आवश्यक्ता पुष्टि हुने कागजपत्र, संस्थाको दर्ता र करदर्ता प्रमाणपत्र, कर बुझाएको प्रमाण, लेखापरीक्षण प्रतिवेदन विदेशी मुद्रा आम्दानी भएको र विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाणसमेत पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर