चतुर्वेदी भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जेल समेत परेका थिए । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले चतुर्वेदीलाई दोषी ठहर गरेपछि २ वर्ष जेल सजाय भएको थियो । उनीमाथि झण्डै २ करोडको जरिवानाको फैसला समेत गरिएको थियो ।
अकुत सम्पत्ति मुद्दामा चतुर्वेदीमाथि मुद्दा दायर भएको थियो । उनले सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् ।
२०५९ सालमा चतुर्वेदीविरुद्ध अख्तियारले अकुत सम्पत्तिको मुद्दा हालेको थियो । उनलाई त्यतिबेला ७ करोड घोटाला गरेको आरोपपत्र थियो । मुद्दा सर्वोच्च अदालतसम्म पुगेर २०६८ मा जेल सजाय तोकिएको थियो ।
सामाजिक प्रतिष्ठामा आँच पुग्नेगरी भ्रष्टाचारमा दोषी ठहरपछि चतुर्वेदी जेल सजाय भोगेर छुटेका थिए । त्यसपछि सामान्य जीवनमा फर्कने प्रयास गरेपनि उनी डिप्रेसनमा गएको बुझिएको छ ।



