दमक,२१ असोज । नेपाली कांग्रेस दमकको नवनिर्वाचित नगर समितिको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । सभापति प्रकाश प्रसाइँको सभापतित्वमा आज विहिबार बसेको बैठकले शिक्षा समन्वय समिति र कार्यालय व्यवस्थापन उपसमिति गठन गरेको हो ।

नगर सचिव दिपेश दाहालका अनुसार पार्टीका अर्का नगर सचिव रामचन्द्र अधिकारीको संयोजकत्वमा ५ सदस्यीय शिक्षा समन्वय समिति र सहसचिव मनिकुमार लिम्बुको संयोजकत्वमा ९ सदस्यीय कार्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

बैठकले पार्टीलाई तल्लो तहमा सशक्त रुपमा परिचालन गर्न कार्तिक मसान्त सम्ममा नगरका सबै टोलमा पार्टी संगठन निर्माण गर्ने पनि निर्णय गरेको सचिव सचिव दाहालले बताए । त्यस्तै पार्टीको नगर समिति बैठक हरेक महिनाको पहिलो शनिबार कार्यालयमा बस्ने र आगामी २५ असोजमा पार्टी कार्यालयमा वडादशै,तिहार , छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम समेत राखिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय