मोरङ । प्रदेश १ सरकारको अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनुहुने छ ।
एमाले विभाजन भएपछि एमालेका ५१ सांसदमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजे । पार्टी विभाजन भएपछि नै मुख्यमन्त्री बन्नुभएका आचार्य १० सांसद घटेसँगै अल्पमतमा हुनुहुन्छ ।
आचार्यको पक्षमा हाल ४१ सांसद मात्र छन् जबकी उहाँलाई बहुमतका लागि ४७ सांसदको मत आवश्यक छ ।



