सरकारले आजदेखि काठमाडौंमा दसैँका लागि खसीबोकाको बिक्री सुरु गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि सुपथ मूल्यमा खसीबोकाको बिक्री सुरु गरेको हो।

खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको खाद्यका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए। खाद्यले शनिबार बिहान मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका काठमाडौं भित्र्याएको छ।

यस वर्षको दसैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाडौं ल्याउने तयारी गरेको छ।

खाद्यले खसीबोकाको खरिद मूल्य प्रतिकिलो अधिकतम पाँच सय ६५ रुपैयाँ तोकेको छ भने बिक्री मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ निर्धारण गरिएको जनाएको छ।

मासु व्यवसायीहरुले पनि दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्।

व्यवसायीले खसीको आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २ सय र ह्याकुलासहित रोजाइ ९ ग्राहकले रोजे अनुसारको मूल्य एक हजार ३ सय रुपैयाँ निर्धारण गरेका हुन्। यस्तै, कुखुराको मासु प्रतिकिलो ३००, राँगा र बंगुरको मासु पाँच–पाँच सय रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah