बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दशैंमा एक करोड मूल्य बराबरको स्थानीय जाातको खसीबोका बिक्री भएका छन्।
तंग्राममा सञ्चालित वसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसीबोका संकलन गरी बिक्री गरेका हुन्। हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मूल्य अकासीयपछि उपभोक्ताको रोजाइमा स्थानीय खसीबोका परेका छन्।

वसन्त सहकारीले २९५ र सप्तरंगीले एक २० वटा खसीबोका बिक्री गरेको वसन्त सहकारी संस्थाको प्रबन्धक हेमा विकले जानकारी दिए। सहकारीमा आवद्ध कृषकबाट खसीबोका संकलन गरी बिक्रीको लागि बागलुङ बजार, पोखरा, गलकोट, काठेखोलाका विभिन्न वडामा बिक्री भएको थियो।
दुईवटा सहकारीमार्फत् खसीबोका बिक्रीबाट गाउँमा करिब दुई करोड रुपैयाँ भित्र्याएको सप्तरंगी सहकारी संस्थाको प्रबन्धक मनु पुनले बताइन्। घरमा उत्पादन भएका खसी बिक्रीको लागि बजार सुनिश्चित भएपछि कृषकहरू हर्षित छन्।

‘पहिले पहिले समय कटाउन बाख्रा पाल्ने गर्थें’, तग्राम रानीकरङकी कृषक चन्द्रकला पुनले भनिन्, ‘अहिले घर खर्च चल्ने गरी पाल्न थालेकी छु ।’ उनले यसपाली सातवटा बोका बिक्री गरिन् । दुवै सहकारीले आफ्ना सेयर सदस्यसँग २५ किलोसम्मको जिउँदो खसी बोका ४५० र २५ किलो माथिको पाँच सय रुपैयाँमा खरिद गरेका छन्।

‘पहिलो बजार खोज्दै जानुपर्थ्यो, अहिले ग्राहक घरघरमा आउन थालेका छन्’, प्रबन्धक विकले भनिन्, ‘हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ। गाउँघरमा वन चरण गरेको खसीबोकाको मासु स्वादिष्ट र स्वाथ्यको लागि हितकार भएपछि उपभोक्ताले तराई क्षेत्रकाभन्दा लेक क्षेत्रका बसीबोका खोज्न थालेका छन्।

बसन्त सहकारीमा ६११ र सप्तरंगीमा ३३१ जना सेयर सदस्य छन्। प्रत्येक सेयर सदस्यले बाख्रा पालन गरेको प्रबन्धक पुनको भनाइ छ। बाख्रा पालनको लागि सहकारीले सस्तो व्याजमा ऋण प्रवाह गर्दै आएको छ। दुवै सहकारीले तिहारको लागि पनि बसीबोका तयारी अवस्थाामा राखेक छन्। वसन्तले वार्षिक एक हजार र सप्तरंगीले सात सयवटा बिक्री गर्ने लक्ष्य लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah