नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले घोषणा गरेको लाभांश संशाेधन भएकाे छ ।

नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंककाे हिजाे असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले ८ प्रतिशतले हुन आउने १ अर्ब ६० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ सय २७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि बैंककाे असाेज ४ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।