दमक/२-कार्तिक–लिम्बु विद्यार्थी मञ्च नेपालको प्रथम  अन्तराष्ट्रिय महासम्मेलन मंगबलारवाट झापाको दमकमा शुरु भएको छ ।

10‘मातृभाषामा व्यवहारिक शिक्षाको अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालाको स्वायत्त लिम्बुवान’ भन्ने मुल नाराका साथ शुरु भएको महासम्मेलन आगामी ४ गतेसम्म संचालन हुने भएको छ ।

महासम्मेलनलाई संघिय मामिला तथा स्थानिय विकाश राज्य मन्त्री श्रीप्रसाद जबेगुले च्याब्रुङ बजाएर उद्घाटन गरेका थिए ।

11महासम्मेलनको उद्घाटन पश्च्यात बोल्दै राज्य मन्त्री जबेगुले पहिचान पक्षधरहरु एउँटै कित्तामा उभिएर एउटै चुनाव चिन्ह्र वनाएर आगामी निर्वाचनमा लड्न प्रस्ताव गरे । उनले संविधान अपुरो भएकोले त्यसलाई संशोधन गर्न आफ्नो व्याक्तिगत माग रहेको र पार्टीको पनि साझा धारणा रहेको उल्लेख गरे ।

मन्त्री जबेगुले लिम्बु जातिको आदीम सभ्यता र वर्तमान अवस्थामा लिम्बु जातिहरुले खेल्नुपर्ने भुमिकाको बारेमा वोलेका थिए ।

16उनले हाम्रो समाजमा विभिद जाति, भाषा, धर्म, संस्कार–संस्कृति र मुल्य–मान्यताहरुलाई बाकेको समुदाय भएकोले सवै जाति र समुदायको विकाश हुनुपर्ने वताए ।

12उद्घाटन कार्यक्रममा संघीय मामिला तथा स्थानिय विकाश राज्य मन्त्री जबेगुले लिम्बु समुदायको तर्फवाट विभिन्न क्षेत्रमा स्थापित भएका उत्कृष्ट कलाकर्मी (मोडल), साहित्यकार र महिला उद्यमीलाई सम्मान गरेका थिए ।

0011यसरी सम्मानति हुनेहरुमा मिस नेपाल–२०१४ का विजेता सुविन लिम्बु, उद्यमी कल्पना योङहाङ् र लिम्बु भाषाका साहित्यकार से–सेमि से नाल्वो छन् ।

14उद्घाटन कार्यक्रमम किराँत राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले पहिचानवादी शक्तिहरु एक भएर राजनितिक अधिकार प्राप्त गर्नुपर्नेमा जोड दिए ।

15नेपाल आदीवासी जनजाति विद्यार्थी महासंघका महासचिव वसन्त खापुङले दीशा निर्देश गर्ने नेतृत्वको अभावल लिम्बुवान आन्दोलनले सार्थकता पाउँन नसकेको वताए ।

8अमेरिका विश्व विद्यालयमा अध्यनरत धिरेन्द्र नाल्वोले जातिय अस्तित्व र पहिचान नामेट हुन नदिन राज्यको मुलधारवाट वहिश्करणमा परेका जात–जातिहरु एक जुट हुनुपर्नेमा जोड दिए ।

9उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आदीवासी जनजाति महासंघका पुर्वमहासचिव आङकाजी शेर्पाले एकात्मकवादी जातिय नश्लवादी सिहंदरवारमा वस्ने शाषकहरु विरुद्य तेस्रो जनआन्दोलन थाल्नुपर्ने वताए ।

संघीय लिम्बुवान पार्टी नेपालका महासचिव प्रेमदीप थाम्सुहाङ्ले मुलुकमा भएका ठुल–ठुला जनआन्दोलनहरुमा आदीवासी जनजाति लिम्बुहरुले महत्वपुर्ण भुमिका देखाएको इतिहास भएरपनि ति व्याक्तिहरु यति वेला ओझेलमा परेको वताए ।

9त्यसैगरी नेकपा मालेका प्रमुख संचेतक सासंद आईन्द्रसुन्दर नेम्बाङ्ले जातिय अधिकार, पहिचान र उनीहरुको राजनितिक अग्रधिकारको निम्ति नयाँ–संविधानमा ग्यारेन्टी भइसेकको वताए । संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पछिल्लोसमय एकात्मकवादी ब्राम्मण शाषकहरु लिम्बुवान आन्दोलनवाट त्रसित भइसकेको वताए ।

2मञ्चका अध्यक्ष अवोध अविरल अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्वसासंद विश्वदीप लिङ्देन, लाईफ लाइन अस्पताल दमकका अध्यक्ष बालचन्द्र सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा प्राचित सभ्यतादेखीको लिम्बु भेष–भुषा र मौलिक पहिचान प्रर्दशनीसमेत गरिएको थियो । मिस नेपाल सुविन लिम्बुको कोरियोग्राफरमा रहेका भेष–भुषा प्रर्दशनीमा दुई दर्जन लिम्बु युवा–युवति मोडलहरुले सहभागिता जनाएका थिए ।

arujunकार्यक्रममा चर्चित मोडल एबम् कलाकार उपसाना नेम्बाङले समेत प्रर्दशनीमा सहभागिता जनाएकी थिइन् ।

महासम्मेलनको उद्घाटन अघि लिम्बु भेष–भुषामा सजिएका हजारौ नरनारीहरुले दमक नगर परिक्रमा गरेका थिए ।

किराँत भवनवाट शुरु भएको र्यालीले पशुहाटबजार हुदै उक्तर नगरपालिका रोडवाट पाल्गुनन्द चौक हुदै क्यापम्पसमोड, गणतन्त्र चौकवाट कार्यक्रमस्थलमा आएर टुगिएको थियो ।

र्यालीमा च्याब्रुङ, केलाङ, माङलाङसहित प्लेकार्ड र व्यानरले नगर परिक्रमा गरेको महासम्मेलन आयोजक समितिका सहसंयोजक एबम् संघिय समाजवादी फोरम विद्यार्थीको केन्द्रीय उप–माहसचिव विशाल आङ्दम्बेले जानकारी दिए ।

anildev-raiआगामी ३ दिनसम्म चल्ने महासम्मेलनमा बिषयगत कार्यपत्रहरु पेश हुने छन भने उक्त कार्यपत्र माथि विज्ञहरुले टिप्पणी गर्ने कार्यक्रम रहेको मञ्चका केन्द्रीय सदस्य एबम् महासम्मेलन व्यवस्थापकीय संयोजक अभिषेक मावोले जानकारी दिए ।

anildev-rai-damak३ गतेदेखी स्थानिय रेडक्रस सभा–हलमा वन्द सत्र संचालन हुने मञ्चका केन्द्रीय सदस्य विक्रम शेर्मा लिम्बुले जानकारी दिए । वन्दसत्रमा प्रतिनिधी र पर्यवेक्षक सहित ३ सय जना सहभागि हुने छन् ।

सिधकुरा बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय