बिष्णुप्रसाद पोखरेल
दमक /झापाको दमकको पहिलो सरकार प्रमुख रोमनाथ ओली र उपप्रमुख गिता अधिकारी हुने निश्चित भएको छ । सम्भवत अबको केहि घण्टामा नै ओली र अधिकारी प्रमुख तथा उपप्रमुख घोषणा हुनेछन् ।
मतगणनाको क्रममा कुनै बाधा र अल्झन नआएमा ओली र अधिकारीले बिजयको माला पहिरनेछन् । मतगणना अन्तिम अवस्थामा पुगेको छ । दुबै जनाको मतान्तर मतगणना हुनुपर्ने मतभन्दा थोरै रहेकाले प्रमुख र उपप्रमुख बन्ने निश्चित भएको हो ।
यो पहिलाको जस्तो स्थानीय निकाय नभएर स्थानीय सरकार भएकाले यसको प्रमुख बन्ने अवसर पहिलो पटक एमालेले पाएको छ । यसमा ओली र अधिकारीलाइ यहाँका नगरबासीले चुनेकाछने ।
दमकको सरकार प्रमुखको कुर्सितिर लम्किरहेका रोमनाथ ओलीले पछिल्लो मतपरिणा अनुसार १० हजार ९२ मत पाएकाछन् । उनलाइ पछ्याइरहेका राम थापाले ७ हजार २९ मत प्राप्त गरेकाछन् । यो मतान्तर ३ हजारभन्दा बढिको छ । मतगणना अब यसको आधामात्र बाँकी रहेको छ ।
यसैगरि उपमेयरमा गिता अधिकारीको मतान्तर यो भन्दा धेरै रहेको छ । अब ओली र अधिकारी दमकको सरकार प्रमुख तथा उपप्रमुख बनिसकेकाछन् । मतान्तरको हिसावले जसको औपचारिक घोषणामात्र बाँकी रहेको छ ।
वार्ड न.१ :- अध्यक्ष बाहेक सबै पदमा बिजयी
वार्ड न.२ :- अध्यक्ष सहित प्यानल बिजयी
वार्ड न.३ :- अध्यक्ष सहित प्यानल बिजयी
वार्ड न. ४ :- अध्यक्ष सहित प्यानल बिजयी
वार्ड न. ५ :- अध्यक्ष सहित प्यानल बिजयी
वार्ड न .६ :- अध्यक्ष सहित प्यानल बिजयी
वार्ड न. ७ :- अध्यक्ष बाहेक ३ सदस्य बिजयि
वार्ड न. ८ :- अध्यक्ष सहित प्यानल बिजयी
वार्ड न.९ :- अध्यक्ष सहित प्यानल बिजयी
वार्ड न. १० :- गणना हुँदै …



