तेर्‍हथुमको छथर गाउँपालिकामा पारिवारिक झगडामा श्रीमान्को मृत्यु भएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब ९ बजे गाउँपालिका ३ ज्यामिरेका गोविन्दबहादुर लिम्बूको पारिवारिक झगडामा मृत्यु भएको हो।

राति लिम्बू र उनकी ५२ वर्षीया श्रीमती भक्तकुमारीबीच कुटाकुट भएको थियो। घटनापछि प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राति दुवैजनाबीच मादकपदार्थ सेवन गरेपछि झगडा परेको थियो।

घरमा मादकपदार्थ सेवन गरी झगडा भएको र कुटाकुट हुँदा श्रीमान गोविन्दबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रीमती भक्तकुमारी गम्भीर घाइते भएकी छन्। घाइते भक्तकुमारीलाई बिहान करिब पौने १ बजे उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई भर्ना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah