आइतबारदेखि परेको अविरल वर्षाका कारण पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भित्र्याउन ठिक्क परेको धान भिजेको छ ।काटेर खेतमै सुकाउन राखेको धानमा बढी नोक्सान पुग्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्ट बताउँछन् । उनका अनुसार ७० प्रतिशत धान भित्र्याइसके पनि ३० प्रतिशत खेतमै भिजेको छ ।कृषकहरुले धान काटेर सुकाउन खेतमा राखेका छन् । कतिपयले खेतमै थुप्रो बनाएका छन् । घर आँगनमा थुपारेका छन् । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको कृषकहरु बताउँछन् । ‘सबै धान भिजेर सखाप भयो,’ भीमदत्त नगरपालिका ११ का राकेश भट्टले भने, ‘खेतमा पानी जमेर धान बगाउनै लागेको छ ।’कञ्चनपुरमा ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । ‘अहिले भिजेको धानको बीउ पनि हुदैन,’ डा. विष्टले भने, ‘अझै एक/दुई दिन वर्षा नरोकिए खेतमै उम्रिन सक्छ ।’ उनका अनुसार धेरै धान भिजेका कराण अर्को वर्ष बीउको समेत अभाव हुन सक्ने देखिन्छ ।यस वर्ष बर्खामा नियमित वर्षा र उन्नत जातको बीउको प्रयोगका कारण धानको उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर भित्र्याउने बेलाको बेमौसमी वर्षाले उत्पादनमा ह्रास आउने देखिन्छ ।
बेमौसमी वर्षाले खेतमै भिज्यो धान
सवाल नेपालसंवाददातासोमबार, १ कात्तिक २०७८

बेमौसमी वर्षाले खेतमै भिज्यो धान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति

यो पनि पढ्नुहोस् »
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
शनिबार, २ असार २०८१
किसानले अझै पाएनन दुधको भुक्तानी, गाईबस्तुलाई दाना खुवाउनपनि ऋण खोज्नुपर्ने बाध्यता
बिहीबार, ३१ जेठ २०८१
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०
जुम्लाको सामान झापामा माग
सोमबार, ८ फागुन २०७९



