नेपालगञ्ज । बैजनाथ गाउँपालिका(४ बानियाभारमा मंगलबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । बिहानको तरकारी पकाउने बोडी टिप्न गएकी इन्द्रमाया कुँवरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूधन न्यौपानेले जानकारी दिए ।

सोमबार साँझ हावाहुरीसहितको वर्षा हुँदा विभिन्न ठाउँमा विद्युतका पोल ढलेका कारण तार भुइँमा लत्रिएको जानकारी स्थानीय बासिन्दाले फोनमार्फत जानकारी दिँदा पनि ढलेका पोल नउठाइकन मंगलबार बिहान नेपाल विद्युत प्राधिकरणको कोहलपुर सब(स्टेसनले करेन्ट छोडेपछि यस्तो घटना भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्युत प्राधिकरण कोहलपुरको लापरवाहीका कारण करेन्ट लागेर महिलाको मृत्यु भएको भन्दै बैजनाथ गाउँपालिका(४ वानियाभारमा स्थानीयले कोहलपुर–सुर्खेत सडकखण्डमा चक्का जाम गरेका छन् । प्रहरीले डाइभर्ट गरी बाटो सुचारु गरे पनि कुँवरको शव उठाउन दिएका छैनन्। मृतकका आफन्त, विद्युत प्राधिकरणका कर्मचारी, प्रहरी घटनास्थलमा पुगेर सहमतिको प्रयास गरिएको प्रहरीले जनाएको छ ।