बागमती प्रदेश सभाको बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेश सभाको बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिम विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रस्ताव प्रस्तुत भएलगत्तै यही कात्तिक ४ गते अर्थात् बिहीबार बैठक बस्ने गरी स्थगित भएको थियो। बागमती प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल एक सय नौ सदस्य छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने भनिए पनि एमाले प्रदेश संसदीय दलले बैठकको मिति सार्न माग गरेको छ। पार्टीको महाधिवेशन र त्यसअघिका वडा, पालिकालगायतका अधिवेशनलाई कारण देखाउँदै एमाले प्रदेश संसदीय दलले भोलिको बैठक सार्न माग गरेको हो।