बजारको विकराल तरलता (लगानी योग्य रकम) अभावको समस्या हल गर्न राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले बिहीबार तीन बजेदेखि लागू हुने गरी एक हप्ताका लागि १० अर्ब अर्थात् एक सय करोड रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो ।

 

उक्त रिपो राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्न सक्नेछन् । हाल वित्तीय क्षेत्रमा तरलताको समस्याका कारण बैंकहरू तनावमा छन् भने रकम संकलनकै लागि निक्षेपमा बढी ब्याजदर दिने होडमा अस्वच्छ प्रतिस्पर्धामा उत्रिरहेका छन् । तर, यता नियामक राष्ट्रले भने सो कार्यलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय