https://www.youtube.com/watch?v=eMmFxwXBB04
काठमण्डौ महानगरका पूर्व मेयर केशव स्थापित झापाको दमकका करिब एकसातासम्म बसे ।
उनले यहाँ निर्वाचनको लागि आवश्यक तयारीको बिषयमा नेकपा एमालेका अगुवा पार्टी कार्यकर्तालाइ प्रशिक्षण पनि दिए । उनले दमकमा एमालेलाइ जसरी नै जिताउने रणनीतिमात्र दिएनन् आफै लागि पनि परे ।
उनले एउटा ब्यापारीहरुको भेलामा मेयरमा ३ हजारदेखि ३२ सय र उपमेयरमा ३५ सयदेखि माथि मतान्तर सहित एमाले बिजयी भइसकेको बताए । उनले औपचारिक घोषणा हुनमात्र बाँकी रहेको जनाए ।
त्यस समयमा केहि अनलाइनहरुले प्राथमिकताकासाथ उक्त भनाइलाइ समचार पनि बनाएका थिए । आखिर त्यहि भयो । स्थापितले जे भनेर झापाको दमकबाट राजधानी गएका थिए अहिले परिणाम त्यहि आयो ।
उनले के आधारमा भनेका थिए त ?
स्थापितले दमक बस्दा अधिकाँश सुकुम्बासी बस्ति देखि लिएर एकदर्जनभन्दा बढि चिया पसलहरुमा असामान्य अर्थात सर्वसाधरणको भेषमा गएर बिश्लेषण गरे । उनले सबै पक्षका मान्छेहरुलाइ भेटे पनि ।
उनि चोकचोकमा गएर मतदाताहरुको धारणा पनि सुने त्यसपछि उनले यस्तो निष्कर्ष निकाले र त्यो सुनाए । उनले सुनाएनन्मात्र दाबीका साथ उक्त कुरा पनि आधारसहित राखे ।
https://www.youtube.com/watch?v=eMmFxwXBB04



