काठमाडौँ / महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश तथा बोनस शेयर प्रस्ताव संशोधन गरेको छ ।

संस्थाको यही कार्तिक ५ गते बसेको ३६ औंँ बैठकले आर्थिक बर्ष २०७७/०७८ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १० करोड रुपैयाँमा नगद र बोनस लाभांश शंशोधन गरी प्रस्ताव गरेको हो ।

शंसोधित प्रस्ताव अनुसार संस्थाले कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनश शेयर प्रदान गर्ने भएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

संस्थाले संस्थाले यसअघि चुक्ता पूँजीमा नगद लाभांश ५ प्रतिशत र ४५ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय