झापामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गए राति ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ३ का २७ वर्षीय निश्चल खनालको मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वपश्चिम राजमार्गअन्तर्गत लक्ष्मीपुर सडकखण्डमा प्रदेश १(०१(००१ ख ३५२० नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो।

ट्रक चालक बुद्धशान्ति गाउँपालिका ३ का ४४ वर्षीय लक्ष्मीप्रसाद सिवाकोटीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।