प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही कात्तिक १५ गतेसम्मका लागि स्थगन गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा ९एमाले०ले आजका लागि तय गरिएको बैठक स्थगित गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । सोही कारण बैठक सारिएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशसभा सचिवालयले सूचना टाँस गरी बैठक स्थगित गरिएको जनाएको छ । आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो । बैठक कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्ने तय गरिएको छ ।