
दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा एक मात्रै महानगरपालिका रहेको विराटनगरमा यतिबेला सबैको ध्यान सोझिएको छ । गत असार १४ गते भएको ३५ जिल्लाका ३३४ तहमा भएको निर्वाचन भएको थियो । महानगर कस्तो नेतृत्वमा पुग्ला भन्ने सबैमा कोतुहलता जागिरहेको बेला वडा अध्यक्षमा कांग्रसले ७, एमालेले ३, माओवादी केन्द्रले १, संघिय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले २ वटा वडामा विजयी भए ।
कांग्रेसबाट १ नम्बर वडामा उद्धव अर्याल, ३ नम्बरमा बिनोदकुमार बस्नेत, ४ नम्बरमा देबेन्द्रराज पोखरेल, ७ नम्बरमा मधुबाबु तिवारी, ८ नम्बरमा निश्चल अर्याल, ९ नम्बरमा बिश्वनाथ भगत र १६ नम्बरमा मनोजबाबु बस्नेत वडा अध्यक्षमा निर्वाचित भए । एमालेबाट २ नम्बरमा कुमार पोखरेल, ५ नम्बरमा मीनकुमार आर्चाय, र ११ नम्बरमा तिर्थेन्द्र न्यौपाने वडा अध्यक्ष निर्वाचित भए ।
माओवादी केन्द्रका ६ नम्बरमा बिजयका मत, स्वतन्त्रबाट १९ नम्बर वडामा बद्रिनारायण सरदार रहेका छन् । १० नम्बरमा वडाको अध्यक्ष पनि स्वतन्त्र उम्मेदवार नै विजयी भए । संघीय समाजवादीले १२ नम्बरमा हिराताल कामत, १३ मा झरिलाल महतो, १४ मा बलदेव यादव, १५ मा असलम आलम, १७ मा रसिदकुर्सिद मियाँ र १८ मा सञ्जयकुमार शाह वडा अध्यक्ष बने ।



