https://www.youtube.com/watch?v=JnsA5-uI4dg&feature=youtu.be
अप्रत्याशित नतिजाले गर्दा झापाको दमकमा नेपाली काँग्रेसभित्र खैलाबैला मच्चिएको छ । वडाध्यक्षका उम्मेद्वार र पार्टीका वडासभापतिहरु आफ्नो नेतृत्वप्रति आक्रोशित भएकाछन् । उम्मेद्वारहरुले खुलेर नै आफ्नो नेतृेत्वको आलोचना गरेकाछन् ।
शनिबार मेयरका उम्मेदवार रहेका ढुण्डिराज भण्डारी र उपमेयरकी उम्मेदवार रहेकी रेगिना भट्टराइले बिजेताहरुलाइ शुभकामना दिदै कमीकमजोरीको बिषयमा आत्म समिक्षा हुने बताए ।
पार्टीका क्षेत्रिय सभापति समेत रहेका ढुण्डिराज भण्डारीले अहिलेको धोकाको एकएक हिसावकिताव खोज्ने बताउदै काँग्रेस भन्ने तर भोट काँग्रेसलाइ नहाल्नेलाइ आफूले कार्वाही गर्ने बताए ।
आफ्नो साथमका कार्यकर्ता रहेको बताउदै महासमिति सदस्य र महाअधिवेसन प्रतिनिधि भनेर आफूलाइ चिनाउने तर अरुका लागि भोट माग्नेहरुलाइ उन्मुक्ति नदिने दाबी गरे । हेर्नुहोस भण्डारी र भट्टराइले घतलाग्दो र भावुक भएर दिएको अभिब्यक्ति यस्तो छ
https://www.youtube.com/watch?v=JnsA5-uI4dg&feature=youtu.be









