आज मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज चाँदीको भाउ तोलाको १२ सय ६५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।