नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा रहेको छ ।
युरो एकको खरिद दर १३९ रुपैयाँ र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । यसै गरी पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५ रुपैयाँ ३२ पैसा र बिक्री दर १६६ रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २९ पैसा छ



