
काठमाडौं । साताको चौंथो कारोबार दिन आज ९बुधबार० पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक १८।०६ अंकले बढेर २७६९।१३ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ०।४९ अंकले बढेर ५१६।५६ बिन्दुमा पुगेको छ ।
बुधबार २२८ कम्पनीको एक करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँको कारोबार भएको छ । मंगलबार ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको थियो ।
आज कुल १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ४ वटा समूहको सेयर मूल्य घटेको छ ।
आज बेष्ट फाइनान्स, एनआईसी एसिया लघुवित्त, गुहेश्वरी मर्चेन्ट फाइनान्सलगायतको कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ ।
कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । बैंकले ४३ करोड १९ लाख ९३ हजारभन्दा माथिको कारोबार गरेको छ ।