आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कोरोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो बुधबारको तुलानामा आज विहिबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

हिजो १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।