
साताको पाँचौं दिन पनि सेयर बजार उकालोकै यात्रामा छ । तर, यस दिन बजारमा सामान्य वृद्धि देखिएको छ । यस दिन १३।०४ अंकले सेयर बजार परिसूचक ९नेप्से० बढेर २७८२।१६ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक समेत ४।४२ अंकले बढेर ५२०।९८ बिन्दुमा पुगेको छ ।
साताको आइतबारदेखि नै दोहोरो अंकले उकालो लागेको बजारमा आइतबार २७ अंकको वृद्धि भएको थियो । सोमबार र मंगलबार उछाल आएको बजारमा बुधबार सामान्य अंकले बढेको थियो । साताको अन्तिम दिन बिहीबार पनि बजारमा सामान्य वृद्धि भएको हो ।
बिहीबार कारोबार रकम पनि घटेको छ । बुधबार झण्डै साढे ६ अर्बको कारोबार भएको बजारको बिहीबार कारोबार रकम पनि झण्डै १ अर्बले कम भएको छ ।
यस दिन २२२ कम्पनीका ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रुपैयाँमा कारोबार भयो ।
यस दिन ३ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी १० प्रतिशतसम्मले बढेको छ ।
यस दिन बैंकिङ, ट्रेडिङ, होटेल एन्ड टुरिजम, म्यानुफ्याक्चरिङ एन्ड प्रोडक्सन, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्डलगायत समूहका सेयर घटेका छन् ।