मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गतेबाट असोज २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ ।

योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६ जना रहेको थियो । जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेदकको हात खाली भएको छ ।

गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर २ रहेको छ । २ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर