एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको हो ।
लघुवित्तको सञ्चालक समितिको ११ कात्तिकमा बसेको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको संस्थाले जनाएको छ । हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यसअनुसार लघुवित्तले ११ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ६१ लाख आठ हजार रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।



