डोटीमा मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

डोटीको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नं। ११ मल्लीसात स्थित माइती घर गएकी रोस्याराको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

यस्तै, करेन्ट लागेर सोही वडाका एक जना घाइते भएका छन् । शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घाइते भएका हुन् । उनि पनि मोवाइल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा आएको करेण्ट लागेर घाइते भएका हुन् । घाइते साउदको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ ।