स्थानीय तहको निर्वाचनमा झन्डै एक दर्जन तहमा प्रमुख र उपप्रमुखमा विद्यार्थी नेताले जित हात पारेका छन् । नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को कार्यसमितिमा रहेका नेताहरूले जित हात पारेका हुन् । ठूला संगठनबाट उम्मेदवार धेरै भए पनि निर्वाचित भने थोरै भएका छन् ।

नेविसंघबाट केन्द्रीय कमिटीका दुईजना र जिल्ला अध्यक्ष एकजना निर्वाचित भएका छन् । महामन्त्री अम्बिका चलाउने अछामको विनायक नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छिन् । केन्द्रीय सदस्य कौशल्या भट्ट डडेल्धुराको भागेश्वर गाउ“पालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् । नेविसंघ इलामका अध्यक्ष डिकेन्द्र इडिङगो माङसेबुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्।

वर्तमान केन्द्रीय समितिका चारजना प्रमुख एवं उपप्रमुखमा उम्मेदवार बनेका र निवर्तमान केन्द्रीय समितिकासहित २५ प्रतिशत उम्मेदवारी परेको थियो । तीमध्ये १५ प्रतिशतले जितेको अध्यक्ष नैनसिंह महरले दाबी गरे । महरले भने, ‘अहिलेको परिणामले युवा–विद्यार्थीलाई टिकट दिनुपर्छ भन्ने संकेत गरेको छ ।’

माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको वर्तमान कार्यसमितिमा रहेका नेताहरू ४ ठाउँमा प्रमुख तथा उपप्रमुखमा विजयी भएका छन् । क्रान्तिकारीकी सचिवालय सदस्य कविता ढुंगाना पहिलो चरणको निर्वाचनमा नुवाकोटको बेलुवाकोटगढी नगरपालिकाबाट उपप्रमुखमा विजयी भएकी छिन् । केन्द्रीय सदस्य दर्शना नेपाली कालीकोटको तिलागुफा नगरपालिकाको उपमेयरमा विजयी भएकी छिन्।

उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार प्रमुख र उपप्रमुखमा क्रान्तिकारीका डेढ दर्जन उम्मेदवार थिए । तर, थोरै मात्र निर्वाचित भएका छन् । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने कोहलपुर नगरपालिकाको मेयर उम्मेदवार भएका थिए । तर, उनी पराजित भए ।

अनेरास्ववियुकी केन्द्रीय सदस्य सृष्टि रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । अनेरास्ववियुबाट मेयर र उपमेयरमा थोरै उम्मेदवारी परेको थियो । वडामा भने धेरै केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन् । सचिव आरसी लामिछानेका अनुसार यसअघि कार्यसमितिमा रहेका विद्यार्थी नेता भने धेरै स्थानीय तहमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah