कोरोना महामारीबाट प्रभावित उद्योगीव्यवसायीले ५ करोड रुपैयाँसम्म पुनर्कर्जा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै महामारी प्रभावित उद्योगव्यवसायीलाई पुनर्कर्जा आवेदनका लागि आह्वान गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुनर्कर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसार पुनर्कर्जा आवेदनका लागि गरिएको आह्वानमा आजदेखि मंसिर १९ गतेसम्म आवेदन दिन पाउने उल्लेख छ।

पुनर्कर्जाका लागि आवेदन दिँदा नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसूची १ बमोजिम ढाँचाको आवेदन चाहिने बताइएको छ।

इजाजतप्राप्त संस्थाको सञ्चालक समितिको निर्णयसँगै पुनरकर्जा लिन चाहने ग्राहकको सम्पूर्ण विवरण पनि पेस गर्नुपर्ने बताइएको छ।