झापाको गौरादह नगरपालिका ५ घर भएका एक व्यक्ति कार्तिक ११ गतेदेखि सम्पर्क विहिन भएका छन् ।
गौरादह ५ चप्रामारी घर भएका चन्द्र मिया भनेर चिनिने ममेसोर मिया कार्तिक ११ गते बिहिबार राती देखि बेपत्ता भएको पारिवारीक श्रोतले बताएको छ । अन्दाजी ४७ वर्षीय मिया बिहिबार राती १० बजेपछि मोटरसाइकल लिएर निस्किएको र मोटरसाइकल भोलीपल्ट विहान चप्रामारी बजारमा भेटिएपनि उनी भने अहिलेसम्म फेला नपरेको हुनाले देख्नु वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकी तथा परिवारको मोबाइल नम्बर ९८१७०२६७७० अथवा ९८२६९२३७२१ मा सम्पर्क गर्नुहुन मियाको परिवारले अनुरोध गरेको छ।



