काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्स सञ्चलक समितिको आइतबार सम्पन्न सभाले हाल कायम चुक्ता पूँजीको १०‍।५२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्य ५ प्रतिशत बोनस सेयर र ५।५२ प्रतिशत नगद लाभांश रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।