हवाई इन्धनको मूल्य वृद्धि भएकोमा वायुसेवा सञ्चालन संघले ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार संघले सूचना जारी गर्दै नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेकोमा संघले आपत्ति जनाएको होे ।
“निगमले डिजेल तथा पेट्रोलमा प्रतिलिटर ३ रपैयाँ दरले मुल्य वृद्धि गरेको भएपनि कोरोना भाइरसका कारण विगत लामो समयसम्म बन्द गर्नु परेको आन्तरिक तथा बाह्य उडानमा दिनहुँ करोडौ आम्दानी गुमाई रहेका निजी वायुसेवा कम्पनीहरु हाल आफ्नो लयमा फर्कने प्रयत्न गरीरहेको अवस्थामा अप्रत्याशित रुपमा इन्धनको मूल्य वृद्धि गर्नु राम्रो होइन” संघले भनेको छ, “यस प्रकारको निर्णयले आन्तरिक वायु सेवाहरुलाई अत्यधिक व्ययभार पर्न जाने भएको हुँदा आगामी दिनमा यस्ता प्रकारको निर्णय गर्नु अगावै सम्बन्धित सरोकारवाला निकायहरुसँग आवश्यक छलफल तथा निष्कर्षबाट गर्नु हुन समेत यो संघ अनुरोध गर्दछ ।”
छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य बढी देखिएको र बजेट वक्तव्यमार्फत सरकारले आन्तरिक वायुसेवालाई राहत दिने घोषणा गरेको भएपनि निगमले हवाई इन्धनमा एकै पटक प्रति लिटर १० रुपैयाँ वृद्धि गर्दा वायुसेवाहरुलाई राहत पुग्ने सम्भावना नदेखिएकाले मूल्यवृद्धि अस्वभाविक भएकाले अमान्य भएका संघले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah