२४ घण्टा भित्रमा मिरिकमा तैनाथ गरिएका सबैजना अर्धसैनिक बल तथा सीआरपीएफ हटाइनु पर्ने माग गोर्खाल्याण्ड आन्दोलनकारीहरूले गरेको छ। राज्य प्रशासनले गणतान्त्रिक गोर्खाल्याण्ड आन्दोलन दबाउन खोज्ने र बंगाल सरकारको निर्देशमा निर्दोषहरूमाथि गोली ठोक्ने सीआरपीएफ मिरिकबाट नहटाए आन्दोलनले अर्कोरूप लिने चेताउनी दिदै शनिबार मिरिकमा पुलिस प्रशासन अधिकारीहरूलाई चेताउनी दिएको छ।

शुक्रबार राति सोनादामा अनि शनिबार दिउँसो दार्जीलिङ शहरमा सीआरपीएफले गोर्खाल्याण्ड समर्थकहरूमाथि गोली ठोकेर मारेको खबरले उतप्त बनेर हजारौं संख्यामा भेला भएका मानिसहरूले सीआरपीएफ अनि पुलिस प्रशासनको प्रतिवाद जनायो।

जुलूसले मिरिक थानामा लामो अवधिसम्म विरोध प्रदर्शन गर्दै प्रतिवाद जनायो। प्रतिवाद जुलूसलाई सम्बोधन गर्दै मोर्चा नेता लाडुप घिसिङले २४ घण्टाभित्र सीआरपीएफ हटाउनु पर्ने नत्र ठीक नहुने चेताउनी दिएका छन्। बंगाल सरकारको निर्देशमा सीआरपीएफले गोली चलाएको बताउदै तिनले मिरिकमा कसैले पनि अर्धसैनिक बललाई राशन पानी नदिने आग्रह गरे ।

सामुदायिक भवनहरूको छाना उप्काइ दिनुपर्छ भन्दै तिनले हाम्रै राशन पानी खाएर हामीमाथि गोली चलाउनेलाई दया नगर्ने आम जनतालाई आह्वान गरे। मिरिक थानामा भएको विरोध प्रदर्शनमा मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै दुइ मीनटको मौन धारण गरेर श्रद्धाअर्पण गरियो।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै मोर्चा नेता लाडुप घिसिङले मिरिकमा शान्तिपूर्वक गणतान्त्रिक आन्दोलन चलाइरहेको तर पुलिस प्रशासनले नै अशान्ति सृजना गरिरहेको छ भनी बताए। बंगाल सरकारले आन्दोलन दबाउन बल प्रयोग गर्दैछ भन्दै सीआरपीएफले नै अशान्ति गरेको तिनले आरोप लगाए ।

पुलिस प्रशासनले शान्ति अनि गणतन्त्र भंग गर्दैछ भन्दै निर्दोषहरूमाथि गोली चलाएर मारेकोमा मानव अधिकारवादीहरू कहाँ छन् भन्दै मोर्चा नेता घिसिङले प्रश्न गरे। [via:ABN Network ]

https://youtu.be/Rw7-qch9r1A

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah