आज धनतेरसको दिन। सुनको मूल्य बढेको छ ।

यस दिन छापावाल सुनमा २ सय रुपैयाँ प्रतितोलाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमवार यस्तो सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

आज धनतेरसको दिन सुनचाँदीको बढी मात्रामा किनबेच हुन्छ ।