प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन्।

पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेश सभा संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गरेको उनका स्वकीय सचिवले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने भएको छ। राईले चार पार्टीबाट एकरएक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन्।

जसमा कांग्रेसबाट एक, माओवादी केन्द्रबाट एक, एकीकृत समाजवादीबाट एक र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री बन्ने छन्।