झापा ।एक मिनेटमा ४२ शब्दका क्रम स्मरण गरी तेज स्मरण शक्तिमा विश्व किर्तीमान बनाउन सफल मेमोरी किंग अर्पण शर्माको जन्म सोमबार २३ माघ २०४६ सालमा भएको हो। सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए । सन् २०१५ को सेप्टेम्बर २६ तारिखका दिन बेलायतको राजधानी लण्डनमा एउटा घोषणा भयो जसमा गिनिज वर्ल्ड रेकर्डले प्रमाणपत्र जारी गरेर भन्यो, ‘अर्पण शर्मा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति भएका छन् ।’

धेरै शब्दको केहीबेरमै स्मरण गरेर उनले सबैलाई चकित बनाउने गरेका छन् । उनी भन्छन्, ‘सामान्यतयाः एउटा शब्दलाई स्मरण गर्न एक सेकेण्डदेखि ५ सेकेण्डसम्म लाग्छ ।’ आफ्नो स्मरणशक्तिका कारण उनलाई पढाइमा पनि धेरै सघाउ पुगेको छ । उनी कलेज टपर हुन् । अचम्म लाग्न सक्छ, परीक्षाको तालिका नआउन्जेल उनी किताबै छुँदैनन् । तर, तालिका आएको एक महिनाअघिदेखि भने आफ्नो स्मरणशक्तिलाई भरपूर प्रयोग गर्दै मन लगाएर पढ्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यति मात्र हैन अर्पणले एक अन्त्रबर्तामा अर्को टिप्स डिप्रेसन र दुखित अवस्था हटाउने सजिलो तरिका दिएका छन् ।आखिर के रहेछ त डिप्रेसन हटाउने तरिका भिडियोमा हेर्नुहोला ।