प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई मङ्‍गलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथलगत्तै मुख्यमन्त्री राईले पाँचजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्समेत विस्तार गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नयाँ मन्त्रीहरूमा कांग्रेसका सांसद हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङबोलाई आर्थिक मामिला तथा योजनामन्त्री, कांग्रेसका केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, जसपा संसदीय दलका नेता जयराम यादव सामाजिक विकासमन्त्री नियुक्त भएका छन्। संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। नवनियुक्त मन्त्रीहरूलाई शपथ गराइएको छ।