आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन २३.७६ अंक बढेर २८४३.६२ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १५.१२ अंक बढेर २८५८.७४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.३३ अंक बढेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार प्रि ओपन सेसनमा ३२ कम्पनीको ८५ लाख ३६ हजार ४२९ रुपैयाँ बराबरको ९ हजार ८०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।