काठमाडौं । दसैँपछि तिहार बिदाअगाडिको समय सेयर लगानीकर्ताका लागि सकारात्मक भएको छ । तिहारअगाडिको अन्तिम कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ५।२२ अंकले बढेर २८४८।८४ अंकमा बन्द भएको छ ।

दिनभर उतार–चढाव देखिएको नेप्से अन्तिम समयमा आएर सामान्य सकारात्मक भएर बन्द भए पनि ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने घटेको छ । सेन्सिटिभ इन्डेक्स ०।५२ अंकले घटेर ५३०।८९ अंकमा बन्द भएको छ ।

दसैँ र तिहारको बीचमा सेयर बजारका लगानीकर्तालाई राहत भएको छ । दसैँअगाडि असोज २५ गते २६३९।३८ अंकमा बन्द भएको नेप्से दसैँपछि कात्तिक २ गते २५११।१० अंकसम्म झरेको थियो । तर, तिहारअगाडिको अन्तिम कारोबार दिन आउँदा कात्तिक २ गतेको न्यून विन्दुबाट नेप्से ३३५ अंकभन्दा माथिले बढेर बन्द भएको छ ।

आज बजारमा साढे ६ अर्बभन्दा माथिको कारोबार भएको छ । ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजारको कारोबार भएको छ ।

आज बिमा, लगानी, होटेल तथा पर्यटन र व्यापार उपसूचकमा गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, वित्त कम्पनी, लघुवित्त, हाइड्रोपावर र उत्पादनमूलक उपसूचक बढेका छन् ।

आज होटेल तथा पर्यटन उपसूचकमा सर्वाधिक १।८३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बिमा उपसूचक ०।८६ प्रतिशत र व्यापार उपसूचक ०।८३ प्रतिशतले घटेको छ । यता, हाइड्रोपावर उपसूचक ०।७२ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०।४१ प्रतिशतले बढेको छ ।

आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबारमा आएकोमा ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज कारोबारमा आएका मध्ये महालक्ष्मी विकास बैंक, सहास ऊर्जा र आईसीएफसी फाइनान्सको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा अरुण काबेली पावरको सेयर मूल्य पनि ७।५० प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर मुूल्य ७।११ प्रतिशतले बढेको छ ।

यता, छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ५।५९ प्रतिशत, श्री इन्भेस्टमेन्ट एन्ड फाइनन्सको सेयर मूल्य ४।०७ प्रतिशत, युनिलिभर नेपालको सेयर मूल्य ३।८४ प्रतिशत र ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य ३।७० प्रतिशतले बढेको छ ।

आज नेप्सेमा कारोबार रकममा नबिल बैंकले लिड गरेको छ । ३८ प्रतिशत लाभांश घोषणा गरेको बैंकको एक अर्ब १७ करोड ९७ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंकको ३५ करोडको कारोबार हुँदा अपी पावरको २८ करोड ९१ लाखको कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah