तुलसीपुरमा एक युवकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले लाठ्ठी र धारिलो हतियार प्रहार गरी ती युवकलाई घाइते बनाइएको बताए। गम्भीर घाइते पुनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। उनको साथमा रहेका कपुरकोटका शंकर डाँगीसमेत गम्भीर घाइते भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनामा संलग्न रहेकाहरु सबै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए।