काठमाडौँ – जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल पुग्न पाकिस्तानले अस्ट्रेलिया र इङ्गल्यान्डले न्युजिल्यान्डको सामना गर्ने भएको छ।

सुपर १२ को समूह १ बाट इङ्गल्यान्ड विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्। समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेर अगाडि बढेका हुन्।

सुपर १२ मा पाकिस्तानले सबै पाँच खेल जित्यो। न्युजिल्यान्ड, इङ्गल्यान्ड र अस्ट्रेलियाले पाँचमध्ये चार खेल जिते।

विश्वकपको सेमिफाइनल नोभेम्बर १० र ११ मा हुनेछ भने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय