सुनसरी, २०७८ कार्तिक २२ गते ।सुनसरीको कोशी गाऊँपालिका - २ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको थियो । अनियन्त्रीत भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका-७ की १६ बर्षीया बर्षा साह र उनिसंगै रहेकी २ बर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो भने घाईतेलाई थप उपचारको लागी बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु
सवाल नेपालसंवाददातासोमबार, २२ कात्तिक २०७८

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



