मोरङ कारागारका चौकीदार किरण गुरुङ र भाइनाइकेहरुले यातना दिएको भन्दै कैदी बन्दीहरुबीच आपसमा झडप हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार विहान भएको झडपमा ६ जनालाई घाउ चोट लागेको छ भने ८ जना सामान्य घाइते भएको १ नं। प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो ।

घाउ चोट लागेका चौकिदार गुरुङ सहित ६ जनाको कोशी अस्पतालमा उपचार भईरहेको छ । कारागारभित्र झडप भएपछि स्थिति नियन्त्रणमा लिन धेरै संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

प्रहरीले देउसी विवादमा कैदी बन्दीहरु बीच झडप भएको बताएता पनि कैदी बन्दीका आफन्तले भने चौकिदार विवादका कारण झडप भएको बताएका छन् । कारागार भित्रै पटक पटक झडप हुने गरेकाले आफ्ना कैदी बन्दीलाई अन्यत्र सरुवा गरिदिन कैदी बन्दीका आफन्तले आग्रह गरेका छन् ।

तोकिएभन्दा धेरै संख्यामा कैदीबन्दी राखिएकाले पटकपटक झडप हुने गरेको प्रहरीले जनाएको छ । कारागारभित्र होहल्ला भएपछि चौकीदार सहित १४ जनालाई बाहिर निकालेपछि अहिले मोरङ कारागारको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

सो कारागारमा ९ सय ७२ जना कैदीबन्दी रहेका छन्, जसमा ७२ जना महिलाहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah