नेपाली बजारमा बिहिबार एकै दिन सुनको मूल्यमा भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १३ सय रुपैयाँले बढेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९४ हजार रूपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ। महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँ पुगेको छ।