काठमाडौँ — अब वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशतसम्म ब्याजदर तोक्न पाउने भएका छन् । यो राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा निर्धारण हुने ब्याजदर हो ।

अघिल्लो महिनामा सबै वाणिज्य बैंकहरुको औसत ब्याजदर ९।१३ प्रतिशत रहेको र त्यसको १० प्रतिशत विन्दुले बढाउँदा १०।०५ प्रतिशत हुन आउने नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

यसका आधारमा अब मंसिर महिनामा संस्थागत मुद्दती निक्षेपमा बैंकहरुले अधिकतम ९.०५ प्रतिशत ब्याजदर तय गर्नेछन् । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याज भन्दा संस्थागत निक्षेपमा दिने ब्याज एक प्रतिशतले कम हुनुपर्नेछ ।

यस्तै, वाणिज्य बैंकहरुको साधारण (बचत) निक्षेपमा ब्याजदर अब कम्तीमा ५।०५ प्रतिशत पुग्नेछ । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने ब्याजदर र साधारण निक्षेपमा दिने ब्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा धेरै राख्न पाइँदैन । यही निर्देशनका आधारमा मंसिर महिनाका लागि कायम हुने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.०५ प्रतिशतबाट ५ प्रतिशत घटाएर साधारण निक्षेपको ब्याजदर निकालिएको एसोसिएसनले जनाएको छ ।

तर, संस्थागत मुद्दती निक्षेप नवीकरण गर्दाको हकमा भने बैंकहरुले ९.१५ प्रतिशतसम्म ब्याजदर दिन पाउने छन् । पछिल्लो निर्देशन अनुसार आफूसँगै रहेको निक्षेपलाई पुनस्बोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दूसम्म थप गरी निक्षेप संकलन गर्न सकिने सुविधा बैंकहरुले पाएका छन् । तर, बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्नेछ । यसले बैंकहरुबीच ब्याजदरमा प्रतिस्पर्धा समेत हराउने छ ।

राष्ट्र बैंकको पछिल्लो निर्देशन पछि एकै वर्गका बैंकहरुको ब्याजदर प्रायस् समान हुने भएको छ । अरु भन्दा धेरै बढाउन नपाइने र कम राख्दा आफूसँग भएको निक्षेप पनि बाहिरिने भएपछि बैंकहरुले एउटै दर प्रकाशित गर्ने सम्भावना रहेको बैंकर्स एसोसिएसनले जनाएको छ । बैंकहरुले मंसिर महिनाका लागि मंगलबार ब्याजदर प्रकाशित गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah