काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने तयारी गर्नु भएको छ ।

मुख्यमन्त्री राईले दिउँसो बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नू भएको हो । मुख्यमन्त्रीको शपथ लिएकै दिन ५ सदस्यीय मन्त्रिपरिषद् बनाएका राईले मन्त्री थप गर्नु अगाडि नै विश्वासको मत लिने तयारी गर्नु भएको हो । प्रदेशसभा नियमावली २०७५ अनुसार विश्वासको मत लिने ४८ घण्टा अगाडि प्रदेशसभा सचिवालयमा सूचना दिनुपर्ने प्रावधान छ । सोही प्रावधानको आधारमा आइतबार नै राईले सचिवालयमा जानकारी सहितको प्रस्ताव दर्ता गराउनु भएको छ । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । पाँच दलको ठूलो गठबन्धन भएकाले मन्त्रीको विषय अझै टुङ्गो लागिसकेको छैन । मन्त्रिमण्डल विस्तार गरेर विश्वासको मत लिँदा असन्तुष्टि आउने सम्भावना रहेकाले विश्वासको मत लिई हाल्ने गरी राईले प्रक्रिया सुरु गर्नु भएको हो ।

यसैबीच पाँचदलीय गठबन्धनले मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको छ । विराटनगरमा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नुभएका राईलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकले सत्ता गठबन्धनले केन्द्र सरकारको सिको गर्दै प्रदेशमा पनि सरकार सञ्चालनमा सहयोग गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ ।

बैठकले नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको हो । नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकार सञ्चालनमा सहयोग गर्न राजनीतिक संयन्त्र निर्माण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah