काठमाडौं । नेपाली समाजमा हरिबोधिनी एकादशीमा उसिनेको पिँडालु खाने चलन छ।

पिँडालु कन्दमूल वर्गमा पर्ने रेसेदार खानेकुरा हो। यसलाई विशेषगरी तरकारी र खाजाको रूपमा प्रयोग गरिन्छ। नेपालमा उसिनेर, दालमा हालेर पकाउने वा मस्यौरा बनाएर खाने चलन छ।

पिँडालु खानु स्वास्थ्यका दृष्टिकोणले समेत निकै फाइदाजनक छ। यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ । कब्जियत, अपच, पायल्स, शारीरिक कमजोरीआदि जस्ता समस्याका लागि यो लाभदायक छ।

पिँडालु फाइबरको राम्रो स्रोत हो। यसमा म्यागनिज, भिटामिन बी, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ। यी तत्त्व मानव शरीरका लागि लागि निकै उपयोगी छन्।

पिँडालुले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ। पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लाभदायक छ। यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मुटुरोगको जोखिम कम हुन्छ।

पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात् क्यान्सरको सम्भावना घटाउँछ।

पिँडालुमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ। साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ। त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah