मोरङको कटहरी औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी उद्योगमा बुधबार बिहान भीषण आगलागी भएको हो ।

विराटनगर, इटहरी, कानेपोखरी, रंगेली, दुहवीलगायत स्थानबाट पठाइएको दमकले आगलागी नियन्त्रणको प्रयास गरिरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । सवारीसाधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन ।

उद्योगले पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको थियो । आगोले उद्योगमा के कति क्षति भयो भन्ने यकिन गर्न नसकिएको उद्योगी नवनित अग्रवालले बताए । आगो नियन्यणमा लिन स्थानीय र सुरक्षाकर्मी पनि खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah